स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जीत, चार वर्षपछि उपाधि नजिक


१९ चैत्र २०७९, आईतवार
barlisolana zuSpZEthfP

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगामा शानदार जित निकालेको छ । स्पेनिस लिगमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो । पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल तथा अन्सु फाती र फेरान टोरेसले एक एक गोल गरे पछि बार्सिलोनाले सानदार जीत निकाल्न सफल भएको हो ।

इल्चेमा शनिबार राति भएको एक पक्षीय खेलको २० औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको ५६औं मिनेटमा फेरान टोरेसको पासमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

त्यसको १० मिनेट पछाडि अर्थात ६६औं मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । र, ७० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए ।

यस जितसँगै बार्सिलोना २७ खेलबाट ७१ अंकसहित शीर्ष स्थानमा छ भने पराजित इल्चे १३ अंक जोडेर रेलिगेसनको पुछारमा छ । बार्सिलोना सन् २०१९ पछि पहिलो स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७