लिभरपुल र चेल्सीको खेल बराबरी


२२ चैत्र २०७९, बुधबार
liverpool

काठमाडौं । चेल्सीले इङलिस प्रिमियर लिगमा मंगलबार गोलरहित बराबरी खेलेको छ । स्टायनफोर्ड ब्रिजमा भएको यो खेलमा दुवै क्लबले उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन् ।

व्यवस्थापक ग्राहम पोटरलाई बर्खास्त गरेयता चेल्सीको जिम्मेवारी ब्रुनो साल्टरले सम्हालेका छन् । योर्गन क्लोपले भने म्यानचेस्टर सिटीविरुद्ध बेहोरेको हारको खेलबाट ६ खेलाडी परिवर्तन गर्दै उनले टिम मैदानमा उतारेका थिए ।

रेलिगेसनबाट बच्न संघर्षरत दुई टिमबीचको खेलमा लिड्सले नटिङ्घम फरेस्टलाई २–१ ले हरायो । यस्तै एस्टन भिल्लाले व्यवस्थापकविहीन अर्को क्लब लेस्टर सिटीलाई २–१ ले पराजित गर्‍यो । ब्राइटन भने बर्नमाउथमाथि २–० ले विजयी रह्यो । बर्नमाउथ, लेस्टर र साउथह्याम्पटन अंक तालिकाको अन्तिम तीन स्थानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७