नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा


२४ चैत्र २०७९, शुक्रबार
police 1

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा भएका छन् । आज (शुक्रबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो ।

डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका हुन् । गत असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए । तीमध्ये ८ जना एआईजी बनेका हुन् भने सोही बेला डीआईजी भएका वसन्तबहादुर कुँवर आईजीपी बनेका छन् । यसअघि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका थिए । उनीहरुको पदस्थापन पनि भइसकेको छ ।

राई प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, थापा प्रशासन विभाग, ज्ञवाली काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा र बज्राचार्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) मा पदस्थापन भएका छन् । द्दआज बढुवा भएका एआईजीहरु कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानव स्रोत विभाग र प्रदेश समन्वय विभागमा पदस्थापन हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७