चेन्नाईको दोस्रो जित


२६ चैत्र २०७९, आईतवार
chhannai1680995843

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले दोस्रो जित निकालेको छ । चेन्नाईले शनिबार मुम्बई इण्डियन्सविरुद्ध सात विकेटको सहज जित निकाल्यो ।

वान्खडे रंगशालामा सम्पन्न खेलमा घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो ।

चेन्नाईको जितमा अजिन्क्या रहानेले ६१ रन बनाए । रहानेले २७ बलमा सात चौका र तीन छक्का प्रहार गरे । रितुराज गाइकवाडले ४०, सिवम दुबेले २८ र अम्बती रायडुले २० रन बनाए । मुम्बईका कुमार कार्तिकेय, पीयूष चावला र जासन बेह्रेन्डोफले समान एक विकेट लिए ।

त्यसअघि मुम्बईका इसान किसनले ३२ रन बनाएका थिए । टिम डेविडले ३१, तिलक वर्माले २२ कप्तान रोहित शर्माले २१, रितिक सोकिनले १८ र क्यामरुन ग्रीनले १२ रन जोडे ।

चेन्नाईका रविन्द्र जडेजाले तीन विकेट लिए । मिचेल स्यान्टनर र तुसार देशपान्डेले समान दुई विकेट लिदा सिसान्डा मगलाले एक विकेट लिए । जितसंगै तीन खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ । दुई खेल खेल्दा पनि अंकविहीन मुम्बई तालिकाको आठौँ स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७