प्रबन्ध निर्देशक कामिनीमाथि एक्सन लिने तयारी


१७ बैशाख २०७५, सोमबार
Nepal telecom and jha 2

काठमाडौं, १७ बैशाख । नेपाल टेलिकममा भएको चरम भ्रष्टाचारको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष चासो प्रकट गरेका छन् । प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको ध्यान ठेक्कापट्टा र कमिसनतिर मात्र केन्द्रित भएको र टेलिकम लथालिङ्ग भएको संचार मन्त्रालयका अधिकारीको रिपोर्टिङपछि प्रधानमन्त्री ओलीले कामिनीको विकल्प खोज्न थालेका छन् । उनले शुक्रबार एमडी राजभण्डारीलाई बोलाएर टेलिकम धरासायी हुँदै जानुको कारण के हो भनी सोधेका छन् ।

Nepal telecom and jha 2
प्रधानमन्त्री ओलीले राजभण्डारीलाई टेलिकमभित्रको भ्रंष्टाचार, गुणस्तरहीन सेवा सुधार हुन नसक्नुको कारण के हो भनी सोधेका थिए । उनले फोरजी सेवा २ बर्षसम्म पनि काठमाडौं र पोखराबाहेक अन्यत्र विस्तार गर्न नसकेकोबारेमा पनि चासो राखेका थिए ।

कामिनीको कमजोर नेतृत्व, भ्रष्ट र अकर्मन्य कार्यशैलीका कारण टेलिकम धरासायी हुँदै गएको छ । जुन कुरा प्रधानमन्त्री ओलीले समेत महसुस गरी उनलार्ई बोलाएरै सुधार गर्ने कि विकल्प खोजौं भनेर चेतावनी दिएका छन् । उनले ‘आवश्यक परे टायर होइन, इन्जीनै फेर्ने चेतावनी दिए ।’ चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीले प्रष्ट शब्दमा टेलिकम अधोगतितिर जानुमा त्यहाँभित्रको तार मुसाले खाएर होइन कि त्यहाँभित्रको प्रवृत्ति(भ्रष्टाचार)ले हो भनेका थिए । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेयता पहिलोपटक सरकारी निकायका प्रमुखलाई बोलाएर यसरी चेतावनी दिएका कारण उनी कामिनी राजभण्डारीको विकल्प खोज्ने पक्षमा रहेको छनक दिएका छन् ।

 

महिला नेतृत्व टेलिकममा पुगेकाले केही गर्न सक्छिन् कि भने र मात्रै उनी टिक्दैआएकी छ्न । तर महिला भएकै कारण मात्र उनका भ्रष्टाचार क्षम्य नहुने विकल्प खोजिने संकेत प्रधानमन्त्रीले दिएका छन् । कामिनी राजभण्डारी प्रचण्ड सरकारका तत्कालीन संचार मन्त्री राम कार्की र सचिव दिनेश थपलियालाई ठूलै रकम खुवाएर नियुक्ति भएको चर्चा चलेको थियो । उनीभन्दा राम्रो र टेलिकमको उन्नतिको खाका प्रस्तुत गरेका सुनिल पोखरेललाई नियुक्ति नगरी कार्की र थपलियाले कामिनीको नियुक्ति गरेका थिए ।

टेलिकमकी कामिनी राजभण्डारीको ध्यान नै जसरी हुन्छ घुस खानमै केन्द्रित हुँदैआएको छ । पूर्ववर्ती सरकारका सचार मन्त्री मोहनबहादुर बस्नेतसँग मिलेर होस् वा दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झासँग मिलेर होस् उनको ध्यान करोडौं घुस खानेतिर मात्र केन्द्रित हुँदैआएको छ, साँघुमा समाचार छ । एनसेल भन्दा १ बर्षअघि फोरजीको अनुमति पाएको टेलिकमले अहिलेसम्म काठमाडौं र पोखराबाहेक अन्यत्र सेवा विस्तार गर्न सकेको छैन । तिनै २ ठाउँमा पनि फोरजीको गुणस्तर थ्रीजी जति पनि छैन ।

चिनियाँ कम्पनी हुवावेले एनसेल र टेलिकम दुवैतिर फोरजीको ठेक्का लिएको छ । एक बर्षपछि फोरजीको अनुमति पाएको एनसेलले २१ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ भने २९ जिल्लामा छिट्टै फोरजी सेवा पु¥याउन लागेको छ । तर नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजीको टेण्डर नै टुंगो लगाउन सकेकी छैनन् ।

फोरजी सेवा विस्तारका लागि उनले पचासौं गुणा लागत स्टीमेट तयार गरी अरबौं भ्रष्टाचार गर्न लागेकी छन् । काठमाडौं र पोखराको फोरजीमा लागत स्टीमेटभन्दा धेरै गुणा महंगोमा हुवावेले ठेक्का पाएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । जुन उजुरीमा छानबिन भइरहेको छ ।
मोहन बस्नेतको कार्यकालमा अन्तिममा हुवावेलाई देशभरको फोरजीको ठेक्का दिनेगरी सबै सेटिङ गरिसकेकी कामिनी २०७४ फागुनमा नयाँ सरकार आएपछि पछि हटेकी थिइन् । एनसेल र नेपाल टेलिकमका सबै काम गर्ने हुवावे हो ।

एनसेलले हुवावेमार्फत् कामिनीलाई प्रभावमा पारी टेलिकमको फोरजी सेवा विस्तारको टेण्डर नै बिलम्ब गरी एक्लौटी रुपमा बजार कब्जा जमाएको छ । त्यसो त मिनेन्द्र रिजाल संचारमन्त्री हुँदा तत्कालीन टेलिकमका एमडी बुद्धि आचार्यले पनि एनसेलसँग मिलेर टेलिकममा गुणस्तरहीन उपकरण जडान गरी जीवनभर कमिसन आउने मार्गप्रशस्त गरेको कुरा चर्चामा आएको थियो । कामिनीले अहिले त्यस्तै एनसेलसँग मिलेर फोरजी सेवा विस्तार गर्न बिलम्ब गरेको आरोप लागेको छ । टेलिकमभित्रको भं्रष्टाचारबारे प्रधानमन्त्री ओलीले एमडी राजभण्डारीलाई बोलाएर स्पष्टीकरण सुोधेपछि अख्तियार पनि तातेको छ । कामिनीविरुद्ध परेका उजुरीमा अख्तियारले मिहीन ढंगले चासोका साथ हेर्न सुरु गरेको स्रोतले बताएको छ ।
टेलिकमले ग्रामीण दूरसंचार कोषको ४ अर्ब ८८ करोडको अप्टिकल फाइवर बिछ्याउने ठेक्का लिए पनि काम अगाडि बढाउन सकेको छैन । अप्टिकल फाइबरको ठेक्कामा पनि दिगम्बर झासँग मिलेर कामिनीले करोडौं घुस लिएको आरोप छ ।
कवाडी तथा टेलिकमका मेसिनरी उपकरण खरिदको बिषयमा पनि अनियमितता भएको उजुरी अख्तियारमा परेको छ । प्रधानमन्त्री ओलीको आवश्यक परे टायर होइन, इन्जीनै फेर्ने चेतावनीपछि कामिनी आत्तिएर एमालेका नेता तथा पत्रकारहरु गुहार्दै हिंड्न थालेकी छिन् । कामिनी र दिगम्बर झा मिलेर अप्टिकल फाइबरको ठेक्कामा घोटाला गरेकाले उनीहरुबीच सुमधुर सम्बन्ध छ । त्यही सम्बन्धका आधारमा झा मार्फत् संचार मन्त्री र प्रधानमन्त्रीसँग सम्बन्ध सुधार गर्न र पदमा टिक्न उनी दौडधूपमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७