प्रहरीले भिड व्यवस्थापन गरेपछि उद्योग वाणिज्य महासंघको पुनः मतदान सुरु


२९ चैत्र २०७९, बुधबार
uba shangh 2

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको मतदान पुनः सुरु भएको छ । मतदाता तथा समर्थकहरुले एशोसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै रोकिएको मतदान पुनः सुरु भएको हो । प्रहरीले भिड व्यवस्थापन गरेसँगै रोकिएको मतदान फेरि सुरु भएको हो ।

महासंघको नयाँ कार्यसमिति चयनका लागि बुधवार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला शुरु भएको थियो । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ । समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका छन् । ‘भोट फर अञ्जन’, भोट फर संघाई, भोट फर उमेशलाल भन्दै समर्थकले होहल्ला गरेसँगै मतदान स्थगित भएको छ ।

महासंघको आगामी नेतृत्वको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्ने छन् । नयाँ नेतृत्व चयन गर्नको लागि उद्योगी व्यवसायीहरुको बिहानदेखि प्रज्ञा भवनमा बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७