दुई करोड मागेको अडियो ढाकाकुमारकै भएको अनुशासन आयोगको ठहर


२९ चैत्र २०७९, बुधबार
dhaka

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सांसद ढाकाकुमार श्रेष्ठकै भएको राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले ठहर गरेको छ ।

अडियो सार्वजनिक भएसँगै अनुशासन आयोगले छानबिन थालेको थियो । अडियो श्रेष्ठकै भएको ठहर गर्दै आवश्यक कारबाही अगाडि बढाउने रास्वपाले तयारी गरेको छ । रास्वपाको आज केन्द्रीय समितिको बैठक बसेर थप निर्णय गर्ने रास्वपाले जनाएको छ । श्रेष्ठले भने उक्त अडियो आफ्नो नभएको दाबी गर्दै इडिट गरिएको बताउँदै आएका थिए । पार्टी सभापति रवि लामिछानेलाई इमेलमार्फत मंगलबार तीन पन्ने प्रतिवेदन बुझाएको समितिका पदाधिकारीले आज केन्द्रीय समिति बैठकमा ‘ब्रिफिङ’ पनि गर्दै छन् ।

‘हामीलाई केन्द्रीय समितिमा पनि ब्रिफिङ गर्न भनिएको छ । प्रतिवेदनका बारेमा त्यहाँ पनि हाम्रातर्फबाट ब्रिफिङ हुनेछ’, अनुशासन समितिका एक सदस्यले भने, ‘उहाँले प्रसाईंसँग आफूले कुरा नगरेको र त्यो अडियो पनि आफ्नो नभएको बताउनु भएको छ । तर, हाम्रो बुझाइमा प्रसाईंसँगको कुराकानीमा भएको अडियो उहाँको नै हो ।’ अनुशासन समितिसँग सांसद श्रेष्ठले सहयोग मागेको र आफूलाई असहयोग गरे ‘कोर टिम’ प्रमाणसहित सार्वजनिक गर्ने धम्की दिएको विषय भने ती सदस्यले अस्वीकार गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७