मन्त्री मोदीको गुनासो : ५३ हजार कर्मचारी छन्, दुर्गममा जान कोही मान्दैनन्


२९ चैत्र २०७९, बुधबार
amanlal modi
फाइल फोटो

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी दुर्गममा जान नचाहने र सुगममा मात्र बस्न चाहने विकृति रहेको बताएका छन् ।

आज (बुधबार) प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले सुगम र सिंहदरबार वरपर मात्र बस्न खोज्ने कर्मचारी बढेको गुनासो गरे ।

‘५३ हजार कर्मचारी संघमा छन् । दुर्गम ठाउँमा कोही जान चाहँदैन । विकट सुन्न चाहँदैन । सबै उपत्यका र काठमाडौं वरिपरि र सुगम मात्र जान चाहन्छ । यस्तो विकृति छ’, उनले भने, ‘म एकरूप सरुवा प्रणालीमा कटिबद्ध छु । भर्खर आएको छु, मन्त्रालयमा बुझ्दै छु ।’

पठाएका कर्मचारी हाजिरै गर्न नगएको उदाहरण पनि रहेको उनले उल्लेख गरे । कतिपयलाई भने हाजिरै नगराएको अवस्था आफूले पाएको उनले बताए । २४१ स्थानीय तह निमित्तको भरमा चलिरहेको भन्दै उनले आफू आउने बित्तिकै ६० स्थानीय तहमा प्रमुख पठाइसकेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७