कामपाले सिंहदरबारको फोहोर उठाउँदिन भन्नु अराजकता : शेखर कोइराला


३० चैत्र २०७९, बिहीबार
shekhar1639469324
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगर र केन्द्र सरकार दुवै सच्चिनु पर्ने बताएका छन् । सिंहदरबारभित्रको फोहोर नउठाएपछि केन्द्र सरकार र काठमाडौं महानगरबीच टकरावको स्थिति आएको वेला उनले यस्तो धारणा राखेका हुन् ।

केन्द्र सरकारले सुकुमबासी बस्ती हटाउन असहयोग गरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पछिल्लो समय सिंहदरबारको फोहोर उठाउन बन्द गरेका छन् । लगत्तै मन्त्रिपरिषद् बैठकले फोहोर नउठाउने मेयर शाहको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको थियो ।

बिहीबार फेसबुकमार्फत कोइरालाले फोहोर नउठाउनु अराजकता भएको भन्दै महानगरको विरोध गरेका छन् । सिंहदरबारले पनि धम्कीको भाषा प्रयोग गलत गरेको भन्दै दुवैले सच्चिनुपर्ने धारणा राखेका हुन् ।

उनले लेखेका छन्, ‘कामपाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ । अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो। दुवै सच्चिनु पर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७