भारतमा कोरोनाबाट एकै दिन २९ जनाको मृत्यु, ११ हजारमा संक्रमण


१ बैशाख २०८०, शुक्रबार
corona india 11 death 20200823041858 McTla3Hn6W

नयाँदिल्ली । भारतमा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा मात्रै कोरोनाबाट २९ जनाले ज्यान गुमाएका छन् । सोही समयमा ११ हजार बढि मानिसमा संक्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा केरला राज्यका हुन् । यहाँ कोरोनाबाट ९ जनाको मृत्यु भएको हो । भारतमा दैनिक संक्रमण दर ५.०१ प्रतिशत पुगेको छ । पछिल्लो २४ घन्टामा दिल्लीमा मात्रै १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । यहाँ प्रत्येक १०० बिरामीमा २८ जनामा संक्रमण देखिएको छ ।

महाराष्ट्रमा १०८६ जना नयाँ बिरामी थपिएका छन् । यहाँ २४ घन्टामा १ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ५७०० पुगेको छ । यहाँ आज ९०९ जना कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३९६२ पुगेको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट एक्सबीबी डट वान डट सिक्स्टिन संक्रमण फैलिरहेको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७