सिरहामा हात्तीको आक्रमणबाट एकको मृत्यु, तीन घर भत्कायो


२ बैशाख २०८०, शनिबार
elephant govinde
फाइल फोटो

सिरहा । सिरहामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । शुक्रबार गोलबजार नगरपालिका–३ बस्ने ७४ वर्षीय तुलबहादुर आलेमगरको घर नजिकै हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो ।

छिमेकी हर्कमान राईसहित चार जना राति साढे १० बजे नाच हेर्नका लागि घर बाहिर निस्केका थिए । घरबाट निस्केलगत्तै गाउँमा पसेको जंगली हात्तीले उनीहरूमाथि आक्रमण गरेको थियो ।

तीन जना भागेर ज्यान जोगाउन सफल भए पनि उनी भाग्न सकेनन् । यसै गरी हात्तीले विजय पासवान, सानो पासवान र टोकन पासवानको घर पनि भत्काएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७