धारिलो हतियार प्रहार गरी युवकको हत्या, घर छेउमै भेटियो शव


३ बैशाख २०८०, आईतवार
death
सांकेतिक तस्वीर

बैतडी । बैतडीमा एक युवकको शव फेला परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँमा हत्या गरिएको अवस्थामा सोही ठाउँका ३८ वर्षीय बाशुदेव जोशीको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शरीरमा धारिलो हतियार प्रहार गरेको घाउ छन् । शव रक्तामय अवस्थामा छ । शनिबार राति प्रहरीलाई घटनाबारे जानकारी आएको थियो ।

जोशी घर नजिकै पसल आउजाउ गर्ने बाटोमा मृत अवस्थामा भेटिएका थिए । हत्याको कारण र घटनामा संलग्नको पहिचान खुलेको छैन । अहिले जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा छ ।

अहिले घटनास्थलको काम गर्दै गरेको जानकारी दिँदै प्रहरी निरीक्षक योगेश खत्रीले भने, ‘अहिलेसम्म कोही नियन्त्रण परेका छैनन्, हामी अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७