नेपाली छोरीहरुको ‘बिम्ब’ विनिर्माणमा लागेका प्रकाश सपुतको नाममा

प्रकाशले आफ्नो हरेक गीतलाई ‘भाइरल’ वा ‘हिट’ बनाउन नेपाली छोरीहरुको जबरजस्त ‘कुरुप बिम्ब’ निर्माण गरेर किन बेचिरहेका छन् ? के उनी दुनियाँलाई भन्न चहान्छन्, ‘की नेपाली छोरीहरु श्रम होइन शरीर बेच्छन्, नेपाली छोरीहरु आफ्नो दुःखहरुका मोचन कुनै पौरख र संघर्षबाट होइन शरीर बेचेर गर्छन् ।’ के उनले नेपाली छोरीहरुको बारेमा निर्माण गर्न खोजेको ‘बिम्ब’ यही हो ?


३ बैशाख २०८०, आईतवार
Mamata Adhikari

प्रकाश सपुत नेपाली सांगीतिक बजारको परिचित मात्रै होइन ‘ब्राण्डिङ’ नाम हो । अझ यसो भनौ, ‘भाइरल’ गीतका सर्जक । संगीतको बजारमा उनले आफ्नो फरक ‘ब्राण्ड’ अर्थात् अलग परिचय र पहिचान बनाएका छन् । भलै, त्यो उनको पहिचानलाई कसैले प्रेम गर्छन्, त कतिले भत्सर्ना पनि । उनले सिर्जना गरेका गीतहरु एकपछि अर्को हिट भएका छन् । भाइरल भएका छन् । सर्वाधिक रेकर्डहरु राख्न सफल भएका छन् ।

उनी चर्चित छन् । तर प्रिय वा लोकप्रिय भने होइनन् । किनभने ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ देखि ‘बोल माया’, ‘पीर’ ‘बदला बरी लै’ हुँदै ‘सकम्बरी’ सम्म आइपुग्दा उनका गीतहरु विवादमुक्त रहन सकेनन् । एकपछि अर्को हिट गीत दिएका उसैगरी प्रकाश एकपछि अर्को विवादमा पनि तानिए । ‘गलबन्दी’ मा चोरीको दाग लागेको सपुललाई ‘पीर’ मा महिलाको अपमान गरेको आरोप आइलाग्यो ।

होला हरेक बाध्यता र दुःखको पहाड अघि दुःखान्त हुन्छ । तर ‘फूलमाया’ को बाध्यतालाई दुःखान्तमा होइन प्रहसन र मजाक बनाइएको छ । के महिलाहरुको अमिस्ता प्रहसन र मजाकको बिषय हो ?

सपुतको चर्चित गीत ‘गलबन्दी’ को भाका शम्भु राईको गीतसँग मिलेको दाबी प्रस्तुत भयो । ठूलो विवाद भयो र अन्त्यमा सर्जकमा राईको समेत नाम राखेर सम्झौता गरियो । अर्को चर्चित गीत ‘पीर’ का केही दृष्यहरु हटाइयो । यहि श्रृंखलामा सपुतको ‘फूलमाया’ को ‘सकम्बरी’ यात्रा समेटिएको गीत उसैगरी चर्चित भइरहेको छ । मलाई गीतको लय, भाव र अर्थका बिषयमा उतिधेरै ज्ञान छैन । तर ‘सकम्बरी’ गीतमार्फत दिन खोजिएको सन्देशले भने मेरो मन बेचैन भएको छ । मन कतै अमिलो भएको छ, दृष्यहरु कतै धमिलो जस्तो लागेको छ ।

उसो त यसअघि ‘पीर’ बोलको गीतले पनि उसैगरी नचिमोटेको कहाँ हो र ? पूर्व जनमुक्ति सेना (महिला) हरूको अस्मितामाथि गम्भीर प्रश्न उठ्ने खालका दृष्य राखेर बनाइएको यो गीत अवश्य पनि मेरो लागि प्रियकर थिएन, छैन । उतिबेला पनि सपुतलाई महिलाको अस्मितामाथि नराम्रोसँग खेल्न खोजेको आरोप लागेको थियो ।

मात्रै फरक कथा हो । तर सन्देश भने उस्तै दिने गरी प्रकाशले ‘फूलमाया’ गीत ल्याएका छन् । हो, बजारमा हिट छ । धेरैले ‘वाह’ भनेका होलान् । तर यो गीतमार्फत नारीको जस्तो बिम्ब निर्माण गरिएको छ । जस्तो मानक स्थापित गर्न खोजिएको छ । र, अन्तिममा सन्देश प्रवाह गर्न खोजिएको छ । त्यसको आधारमा भन्न सकिन्छ, ‘फेरि प्रकाशले ‘फूलमाया’ गीतमार्फत नारी अस्मितामाथि प्रहार गरेका छन् ।’ गीतमा ‘फूलमाया’ को दुःखलाई ‘सकम्बरी’ मा लगेर बिसाइएको छ । अर्थात् एउटा महिलाले आफ्नो दुःखको पहाड भत्काउन आफ्नो अस्मिता बेचेका छन् । होला हरेक बाध्यता र दुःखको पहाड अघि दुःखान्त हुन्छ । तर ‘फूलमाया’ को बाध्यतालाई दुःखान्तमा होइन प्रहसन र मजाक बनाइएको छ । के महिलाहरुको अमिस्ता प्रहसन र मजाकको बिषय हो ?

गीतमा ‘फूलमाया’ को दुःखलाई ‘सकम्बरी’ मा लगेर बिसाइएको छ । अर्थात् एउटा महिलाले आफ्नो दुःखको पहाड भत्काउन आफ्नो अस्मिता बेचेका छन् । होला हरेक बाध्यता र दुःखको पहाड अघि दुःखान्त हुन्छ । तर ‘फूलमाया’ को बाध्यतालाई दुःखान्तमा होइन प्रहसन र मजाक बनाइएको छ । के महिलाहरुको अमिस्ता प्रहसन र मजाकको बिषय हो ?

प्रकाशका हरेक गीतहरुका मुख्य पात्र महिला हुन्छन् । तर त्यस्तो महिला जसले आफ्नो दुःखहरुका मोचन कुनै पौरख र संघर्षबाट होइन शरीर बेचेर गर्छन् । श्रम होइन यौन बेचेर गर्छन् । मानौकी दुःखविरुद्ध उभिने महिलाहरुको एक मात्रै हतियार उसको शरीर हो, यौन बाहेक दुःखविरुद्ध उभिने महिलाहरुको कुनै तागत र शक्ति छैन ।

हाम्रा दिदी–बहिनीहरु यो विवशतामा छैनन् भनिएको होइन । तर प्रकाशका हरेक गीतहरुले यही विवशता मात्रै देखाएर नेपाली महिलाहरुको बारेमा ‘फ्रेमिङ’ गर्न खोजिएको चाहिँ के हो ? नेपाली महिलाहरुको बारेमा बनाउन खोजिएको ‘बिम्ब’ चाँहि कस्तो हो ? उनले नेपाली महिलाहरुको बारेमा निर्माण गर्न खोजेको भाष्य चाहिँ कस्तो हो ? प्रश्न यहाँनिर हो ।

प्रकाशले आफ्नो हरेक गीतलाई ‘भाइरल’ वा ‘हिट’ बनाउन नेपाली छोरीहरुको जबरजस्त ‘कुरुप बिम्ब’ निर्माण गरेर किन बेचिरहेका छन् ? के उनी दुनियाँलाई भन्न चहान्छन्, ‘की नेपाली छोरीहरु श्रम होइन शरीर बेच्छन्, नेपाली छोरीहरु आफ्नो दुःखहरुका मोचन कुनै पौरख र संघर्षबाट होइन शरीर बेचेर गर्छन् ।’ के उनले नेपाली छोरीहरुको बारेमा निर्माण गर्न खोजेको ‘बिम्ब’ यही हो ?

केवल एउटा होइन श्रृंखलाबद्ध रुपमा प्रकाशले नेपाली महिलाहरुको ‘बिम्ब’ निर्माण गर्न खोजेका छन् । फर्केर हेर्नुहोस् नेपाली छोरीहरुको कथा कम गौरवमय छैन । उनीहरुको पौरख र संघर्षको कथा । नेपाली छोरीहरुको सहास र शक्तिको कथा दुनियाँका लागि प्रेरणादायी छ । हामीले मात्रै होइन दुनियाँले गौरव गर्ने कथाहरु नेपाली छोरीहरुले निर्माण गरेका छन् । तर इतिहासका ती कष्टसाध्य संघर्षहरुबाट नेपाली छोरीहरुले बनाएको त्यो गौरवमय ‘बिम्ब’ नै विनिर्माण गर्ने गरी प्रकाशले किन श्रृंखला सुरु गरेका छन् ? आजको प्रश्न यही हो ।

म यहाँनिर फेरी दोहोर्याएर भन्छु, प्रकाशले नेपाली छोरीहरुलाई यसरी प्रस्तुत गरेको यो पहिलो गीत होइन । श्रृंखलाबद्ध रुपमा एकपछि अर्को गीत बनाइरहेका छन् । त्यसैले यहाँनिर जरुर भन्न सकिन्छ, ‘नेपाली छोरीहरुको गौरवमय ‘बिम्ब’ विनिर्माण गरेर ‘बेश्या’ बिम्ब स्थापित गर्न खोजीरहेका छन् ।’ यो हाम्रा लागि पीडादायी छ । म प्रकाशलाई सोध्न चहान्छु, ‘के तपाईको आँखाले नेपाली छोरीहरुको पौरख गर्ने हात कहिल्यै देख्नु हुन्न, मात्रै योनी देख्नुहुन्छ ?’

Sakambari Prakash saput
‘फूलमाया’ बाट ‘सकम्बरी’ बनेकी महिला

‘फूलमाया’ गीतलाई हेरौं :
यस गीतको सुरूवाती चरणदेखि नै महिला कलाकार पात्रलाई निर्भरताको कित्तामा उभ्याइएको छ । गीतको पात्र ‘फूलमाया’ आफ्ना दुःखहरुविरुद्ध लड्न शहर जान्छिन् । कला अर्थात् म्युजिक भिडियोमा देखिएर उनी दुःखविरुद्ध लड्न सुरु गर्ने उनको रहर हुन्छ । घरबाट निस्किँदा आमाले पुरूषकै सहारामा सहर पठाएको देखिन्छ । पुरूष कलाकारलाई संघर्षको पहाड बनाएर प्रस्तुत गरिएको गीतमा महिला पात्रले भने सुन्दरता र जवानी बेचेर सहजै सफलता प्राप्त गरेको दृष्य देखाइएको छ । यो आमरूपमा खारेजयोग्य दृष्य हो ।

केवल एउटा होइन श्रृंखलाबद्ध रुपमा प्रकाशले नेपाली महिलाहरुको ‘बिम्ब’ निर्माण गर्न खोजेका छन् । फर्केर हेर्नुहोस् नेपाली छोरीहरुको कथा कम गौरवमय छैन । उनीहरुको पौरख र संघर्षको कथा । नेपाली छोरीहरुको सहास र शक्तिको कथा दुनियाँका लागि प्रेरणादायी छ

आजको समयमा पुरूषभन्दा महिला कुनै पनि मानेमा कम छैनन् । भूमिका के हो ? प्रतिस्पर्धा कुनसँग हो ? त्यो फरक पाटो हो । तर, प्रकाशले चित्रण गर्न खोजेको जस्तो परनिर्भताको समुन्द्रमा बचाउ–बचाउ भन्दै गुहार माग्ने अवस्थामा पक्कै पनि महिला छैनन् । बरू आजको संसारमा महिलाहरूले हरेक रूपमा आफूलाई अब्बल साबित गरिरहेको सत्यलाई प्रकाशले नजरअन्दाज गरेको देखिन्छ ।

पूर्व जनमूक्ति सेनाका महिला दिदी–बहिनीहरूको आत्मसम्मानमाथि जसरी खेल्न खाजे, त्यसरी नै पुनः आज होटेल, रेष्टुरा, रोधीघरमा काम गर्ने दिदी–बहिनीहरूको श्रममाथि शंका गरेका छन् । ‘फूलमाया’ गीतको म्युजिक भिडियोको सुरूवातीमा भनिएको छ :

कानमा झुम्कना तिम्लाई कल्ले किन्दियो ?

नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो ?’

पाउमा लाको पाउजु, हातमा लाको चुरा,

तिम्लाई कल्ले किन्दियो ?’


काम गरेर । श्रम गरेर । मेहनत गरेर । पसिना बगाएर । भाडा माझेरै भए पनि आफूलाई मनपर्ने आधारभूत आवश्यकता पूरा गर्नसक्ने तागत महिलामा हुन्छ भन्ने कुरालाई कसरी नजरअन्दाज गर्न मिल्छ ? पक्कै पनि मिल्दैन ।

प्रकाशले यस गीतको पहिलो अन्तरामै महिलाको कमाईको स्रोत खोजेका छन् । महिलाले प्रयोग गर्ने पहिरनहरूको समेत वैध स्रोत खोज्ने अख्तियारीबाट सुरू गरिएको गीत मुलतः नारी अस्मितामाथि केन्द्रीत छ । झुम्काना, बुलाकी, पाउजु, सुनका चुरा जस्ता गरगहनाको स्रोत नै गलत धन्दा हो भन्ने भाष्य निर्माण गरिएको छ ।

यहाँनिर प्रकाशले पुरूष पात्रको आधाभूत आवश्यकतादेखि बेश्याबृत्ति गर्नेसम्मको पैसाको स्रोतबारे कुनै प्रश्न गरेका छैनन् । यहि कुराबाट भन्न सकिन्छ कि यो गीत मनोरञ्जनका लागि मात्रै नभएर नारी अस्मितामाथिको प्रहार पनि हो । गीतमा महिलाहरूले गर्ने श्रममाथि गम्भीर प्रहार गरेका छन् । चेतना उठेका महिलाहरूले यस गीतलाई आलोचनाको दृष्टिले पनि हेर्न सक्नुपर्छ ।

थप शब्दहरुः

जोवन साट्यौ कि धनको आशैले, बहकायो कि तिम्लाई कसैले’

‘हेर हिँड्छ्यौ परपर, हेर रातो स्कुटर, तिम्लाई कल्ले किन्दियो ?’

‘घाँटीनिरै डाम के को होला नि ? रातितिरै काम केको होला नि ?’

मूल्य बढीबढी, मोबाइल टीभी घडी, तिमीलाई कसले किन्दियो ?’

गीतमा महिलाहरूले आफ्ना आधारभूत आवश्यकता पूरा गर्ने एक मात्रै उपाय भनेको जवानी हो भन्न खोजिएको छ । आफैमा ‘बेश्याबृत्ति’ शब्द विकसित समाजको लागि खारेजयोग्य शब्द हो । के महिला ? के पुरूष ? अवस्था र आवश्यकताका आधारमा आफूलाई प्रयोग गरेर आफ्नो जीवनलाई सहज बनाउन सक्छन् । तर, यस गीतमा स्तरहीन मानिस भनेकै यौनकर्मी महलिा हुन्, यौनकर्मी महिला मात्रै हुन्छन्, बेश्याबृत्ति महिलाबाट मात्रै सम्भव हुन्छ भन्ने खालको धारणा देखाइएको छ ।

Pir Prkash Saput
पीर गीत जसले माओवादी जनयुद्धमा लागेका महिलाहरुको अपमान गरेको भन्दै बिरोध भएपछि दृश्य हटाइको थियो


नेपाली समाजले आदी–अनादीकालदेखि निर्धारण गरेका केही अवैज्ञानिक मान्यताहरू छन् । तिनै रूढिवादी परम्परालाई जीवित पार्ने गरी प्रकाशले महिला संस्कारी हुनुपर्ने, महिला चुलोचौकोमा सीमित हुनुपर्ने, घरपरिवार चलाउन नसक्ने, पुरूषको साधन बन्नु पर्ने, पुरूषले भनेको गर्नुपर्ने, पुरूषको सेवक बन्नुपर्ने, पुरूषले गर्ने काम महिलाले गर्नै नसक्ने जस्ता कुरालाई गीतका दृष्यमा उतारिएको छ । जुन कुराहरू सतही छन् । महिलालाई कहिलेसम्म प्रयोगको साधन बनाउने ? कहिलेसम्म महिलाको चरित्र देखाएर गीत बनाउने र चर्चा कमाउने ?

आजका प्रकाश जस्ता सर्जकहरूलाई महिलाहरूले जोडले सोध्नुपर्ने प्रश्न हुन् । ‘फूलमाया’ गीतमा देखाइएअनुसार के महिलाको मात्रै उमेरसँगै सुन्दरता घट्छ ? सुन्दरता नाप्ने यन्त्र के हो ? सुन्तरताको रस हुन्छ कि हुँदैन ? मानवीय आधारभूत आवश्यकता पूरा गर्न महिलाले बाध्यतामा परेर गरेका कामहरूलाई किन नजरअन्दाज गरिन्छ ?

आर्थिक रूपमा अहिले पनि नेपाली महिलाहरू परनिर्भरताको सिकार बनिरहेको सत्यलाई कसले बुझ्ने ? विगतलाई वा विगतमा भए गरेका कामहरूलाई सम्झेर के महिलाहरूले मात्रै आत्मग्लानी गर्न बाध्य हुन्छन् ? के पुरूषको विगत हुँदैन ? उमेर घर्केसँगै पुरूषको सुन्दरता कम हुँदैन ? यस्ता आम प्रश्नको जवाफ प्रकाशले दिनुपर्छ । होइन भने, महिलाको चरित्र देखाएर वा चरित्रलाई नराम्रो तवरले प्रयोग गरेर गीत बनाउन प्रकाशले लाज मान्नुपर्छ ।

तर प्रकाशका हरेक गीतहरुले यही विवशता मात्रै देखाएर नेपाली महिलाहरुको बारेमा ‘फ्रेमिङ’ गर्न खोजिएको चाहिँ के हो ? नेपाली महिलाहरुको बारेमा बनाउन खोजिएको ‘बिम्ब’ चाँहि कस्तो हो ? उनले बनाउन खोजेको नेपाली महिलाहरुको बारेमा निर्माण गर्न खोजेको भाष्य चाहिँ कस्तो हो ? प्रश्न यहाँनिर हो ।

अर्कोतफ गीतले महिला कलाकारहरूको अस्मितामाथि पनि प्रश्न उठाएको छ । म्युजिक भिडियोमा देखिने महिला कलाकारहरू, मोडलिङ गर्ने कलाकारहरूले जवानी बेचरै पैसा र मानसम्मान कमाएका होलान् ? हामीलाई त्यो लाग्दैन । तर, गीतमा ‘फूलमाया’ लाई कुनै एक म्युजिक भिडियोमा खेलाएर जवानी लुटिएको देखाइएको छ ।

भरखरै कलाकारिता क्षेत्रमा आएका नव प्रतिभाहरूको मानसपटलमा त्यस्ता खालका दृष्यहरूले कस्तो असर पार्छ ? यतातिर प्रकाशले ध्यान दिएका छैनन् । महिला कलाकार साथीहरूको अवस्था प्रकाशले गीतमा चित्रण गरेको जस्तै छ ? जति पनि चलेका गायिका, नायिका, महिला निर्देशक, मोडलहरूले बेश्याबृत्ति गरेर यहाँसम्म आएका हुन् ? हामीलाई किमार्थ यस्तो लाग्दैन । जुन गीतमा देखाइएको छ ।

अन्त्यमा, भनिन्छ, घमण्ड सबैसँग हुन्छ, तर घमण्डको ज्ञान सायदै मानिससँग हुन्छ । पैसा कमाएका नारीहरूमा मात्रै घमण्ड पलाउने होइन । पैसाको अर्थ नबुझेकाहरूमा पैसा कमाएपछि घमण्ड बढ्ने हो । गीतको म्यजिक भिडियोमा अर्को सोचनीय विषय पनि छ । सुरूमा गाउँकी ‘फूलमाया’ लाई सहर ल्याउने पात्रले उसैको जवानीलाई लुट्छ ।

र, अन्त्यमा उनै ‘फूलमाया’ को चरित्रमाथि संगीन आरोप लगाउँछ । पुरूषले अनेक महिलासँग यौन सम्बन्ध राख्दै हिंड्दा पनि मर्द ठहरिने र महिलाले बाध्यतामा आफ्नो जवानी बेच्नुपर्दा ‘बेश्या’ ठहरिने ? प्रकाशले गीतमार्फत दिन खोजेको सन्देश के हो ? ‘फूलमाया’ राजनीतिमा आएपछि यस सवालउपर जवाफ दिन्छिन् कि प्रकाश आफैले दिन्छन् त्यो भने हेर्न बाँकी छ ।

(लेखक : अनेरास्ववियु (क्रान्तिकारी) की नेतृ हुन्)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७