चितवन–२ मा मंसिर ४ कै जस्तो नतिजा आए फेरि उपचुनाव हुन्छ : योगेश भट्टराई


३ बैशाख २०८०, आईतवार
yogesh bhattarai
फाइल फोटो

चितवन । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं. २ मा गत मंसिर ४ कै जस्तो परीणाम आए फेरि उपचुनाव हुनसक्ने बताएका छन् । प्रेस चौतारी नेपालले चितवनको भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले यसअघि लामिछानेले जनतालाई जानी जानी ढाँटेको र अब पनि जनता लामिछानेकै पछि लागे अर्को उपनिर्वाचन हुने बताएका हुन् ।

देशको कानून उल्लंघन गर्दा चितवन–२ मा उपचुनाव गर्नुपरेको उनले बताए । ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रो पटक उपचुनाव हुन्छ । ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो,’ उनले भने ।

लामिछाने छोटो समयमा नै टेष्टेट भइसकेकाले कम्युनिष्ट एकता र सहकार्यका लागि पनि एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनु पर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७