शेयर बजार सामान्य अंकले घट्यो, ९७ करोड ४५ लाखको कारोबार


३ बैशाख २०८०, आईतवार
share market 1

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) शेयर बजार सामान्य घटेको छ । दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलव ६८ विन्दुमा झरेको छ ।

आज होटल, बीमा र बैंक समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ६५ वटा कम्पनीका ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ८९ लाख र एनआईसी एसिया बैंकको तीन करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै एसियन हाइड्रोपावर कम्पनीको शेयर झण्डै आठ प्रतिशतले र सगरमाथा जलविद्युत् कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज आदर्श लघुवित्त, मोलुङ खोला हाइड्रोपावर र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७