रसुवामा रेडपाण्डा ट्रफी प्रतियोगिता


५ बैशाख २०८०, मंगलवार
Vollyball rasuwa

रसुवा । लोपोन्मुख रेडपाण्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । २८ औं वन्यजन्तु सप्ताह एवं ११औं रेडपाण्डा ट्रफी प्रतियोगिता अन्तर्गत भलिबल खेल आयोजना गरिएको हो ।

चार दिनसम्म चल्ने उक्त भलिबल खेलको बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले सोमबार धुञ्चेमा शुभारम्भ गरे । प्रतियोगितामा जिल्लाका दस समूह सहभागी भएको आयोजक संस्था लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ ।

‘समन्वय, सहकार्य र सहअस्तित्व, वन्यजन्तु संरक्षण हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ यहाँ वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ । संरक्षण सूचीमा सूचीकृत भएको रेडपाण्डा, कस्तुरी मृग, हिमचितुवा, बँदेल, कालोभालु, आस्मिज बाँदर, नउर, काडे भ्याकुर, डाफे समेत ३९ भन्दा बढी प्रजातिको वन्यजन्तु एवं पंक्षी समेत संरक्षण गर्न निकुञ्जले उच्च प्राथमिकता दिँदै आएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । वन्यजन्तु संरक्षणमा स्थानीय लाकोस संस्थाले पनि सहयोग गरिराखेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७