आईपीएल क्रिकेट : मुम्बईको लगातार तेस्रो जित, हैदराबाद १४ रनले पराजित


६ बैशाख २०८०, बुधबार
ipl 9RBiImc3fp

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले सनराईजर्स हैदराबादलाई पराजित गरेको छ । गए राति हैदराबादमा भएको खेलमा घरेलु टोलीलाई १४ रनले हराउँदै मुम्बईले तेस्रो जित निकालेको हो । मुम्बइको यो लगातार तेस्रो जित हो ।

मुम्बईले दिएको १९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ५ बलमा अलआउट हुँदै १७८ रन बनायो । उसका मंयक अग्रवालले सर्वाधिक ४८ रन बनाए । हेनरिक केल्सनले ३६ रन जोडे । मुम्बईका जेसन बेहरानड्राफ्ट, राईली मेरीडेथ र पियुष चावलाले समान २-२ तथा अर्जुन तेन्दुलकर र क्यामरुन ग्रिनले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो । मुम्बईका क्यामरोन ग्रिनले अविजित ६४ रन बनाए । ग्रिनको आईपीएल क्रिकेटमा यो पहिलो अर्धशतक पनि हो । ईशान किशनले ३८ तथा तिलक बर्माले ३७ रन जोडे । हैदराबादका मार्को जोनसनले २ तथा टि नटराजन र भुवनेश्वर कुमारले समान १-१ विकेट लिए । मुम्बई ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ । समान ५ खेलमा ४ अंकका साथ हैदराबाद अंक तालिकाको नवौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७