युरोपेली च्याम्पियन्स लिग : रियल र मिलान सेमिफाइनलमा


६ बैशाख २०८०, बुधबार
milan 1

काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड र एसी मिलानले मंगलबार युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा पक्का गरेका छन् । युरोपेली क्लब फुटबलका सर्वाधिक सफल यी दुई टिम एक आपसमा २१ पल्ट च्याम्पियन रहेका छन् ।

क्वार्टर फाइनल दोस्रो लेगको स्टायमफोर्ड ब्रिजमा भएको खेलमा रियलले चेल्सीलाई २–० ले हरायो । दुवै गोल रोड्रिगोले गरे । यससँगै रियलले समग्रमा ४–० को अग्रता लिन सफल रह्यो । नेपल्समा भएको अर्को खेलमा मिलान र नेपोलीले १–१ को बराबरी खेले । यस खेलमा दुवै टिमले एक एक पेनाल्टीमा गोल गर्न चुके । मिलानले ओलिभर जिरोडको गोलले अग्रता लिएको थियो ।

खेलको अन्त्यतिर नेपोलीका लागि भिक्टर ओसिमहेनलले बराबरी गोल फर्काए । यससँगै मिलान २–१ को अग्रता लिन सफल रह्यो । सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुगेको यो पहिलो पटक हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७