एसीसी प्रिमियर कपमा आज दुई खेल हुँदै


६ बैशाख २०८०, बुधबार
acc 1536x1024 1

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज (बुधबार) पनि दुई खेल हुँदैछ । आजको खेलमा यूएई र कुवेत तथा ओमान र कतारबीच प्रतिस्पर्धा हुँदैछ । यूएई र कुवेतबीचको खेल बिहान नौ बजेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ भने ओमान र कतारबीचको खेल पनि सोही समयमा मुलपानी क्रिकेट मैदानमा हुने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।

मंगलबार भएको उद्घाटन खेलमा घरेलु टोली नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको थियो । यस्तै मंगलबार नै भएको खेलमा हङकङले सिंगापुरमाथि ८ विकेटको जित निकालेको थियो ।

FuAzODDaAAAN d6

कुल १० टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानका टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ । प्रतियोगिताका विजेता टिम एसिया कपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुने एसियन क्रिकेट काउन्सिल (एसीसी) ले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७