त्रिभुवन विमानस्थलमा बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म उडान–अवतरण नहुने


६ बैशाख २०८०, बुधबार
airport 2 scaled 1
फाइल फोटो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि (बिहीबार) ६ घण्टा बन्द हुने भएको छ । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गरिने भएकोले उडान र अवतरण बन्द गरिनेछ । यो अवधीमा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण हुने छैन ।

‘हामीले विद्युत आपूर्ति ब्याकअपको लागि यूपीएस जडान गर्दै छौं । त्यसको लागि केही घण्टा बन्द गर्नुपर्ने भएर हो । रातिको अन्तर्राष्ट्रिय उडानको तालिका मिलाइसकेको छौं । बिहान चाही अरु समय ६ बजे हुन्थ्यो भोलि एक घण्टा ढिला हुन्छ । त्यसको सूचना सर्वसाधारणलाई दिएको हो । त्यति हो ।’ महानिर्देशक तिवारीले भने । मंगलबार पनि विमानस्थलको एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी एक घण्टा डाउन हुँदा उडान र अवतरण प्रभावित बनेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७