आमाको सम्झना : मातातीर्थमा दर्शनार्थीको घुइँचो {फोटो फिचर}


७ बैशाख २०८०, बिहीबार
Mata tirtha 2

काठमाडौं । आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ ।

आमा गुमाएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जाग्राम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण दिने गर्दछन् । श्रद्धालुले त्यहाँ रहेको आमाको प्रतिमाको दर्शन गरी फूलप्रसाद चढाउँछन् ।

मातातीर्थमा स्नान गर्नाले छोराछोरी आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ । यही विश्वासका साथ हरेक वर्ष वैशाख कृष्णपक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान प्रकट गर्नेहरुको मातातीर्थमा घुइँचो लाग्दछ । मातातीर्थ मेलाको अवसरमा आज चन्द्रागिरि नगरपालिकाभर सार्वजनिक विदा नै दिइएको छ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासका अनुसार यसपटक पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान गरिएको छ । उनले भक्तजनलाई व्यवस्थितरुपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको जानकारी पनि दिए ।

Mata tirtha 1
Mata tirtha 2 1
Mata tirtha 2
Mata tirtha 3
Mata tirtha 4
Mata tirtha 1 1
Mata tirtha 3 1
sf7df8f}F, & j}zfvM dftftLy{ s’08df :gfg ug]{sf] eL8 dftftLy{ cf}FzLsf cj;/df sf7df8f}Fsf] rGb|flul/ gu/kflnsf j8f g+ ^ dftftLy{df laxLaf/ nfu]sf] d]nf . dftftLy{ cf}FzLdf dftftLy{ s’08df :gfg ug]{ eQmhgsf] 3’O{Frf] nfu]sf] 5 . tl:a/ M cRo’t /]UdL÷/f;;

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७