अब १० करोडसम्मको वैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकृत हुने


७ बैशाख २०८०, बिहीबार
Ram Chandra tiwari

काठमाडौँ : १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीका परियोजना प्रस्ताव अब अनलाइनबाटै स्वीकृत हुने भएको छ । उद्योग विभागले २ करोडदेखि १० करोडसम्मको लगानी प्रस्ताव अनलाइनबाटै स्वीकृत गर्न सकिने व्यवस्था मिलाएको हो ।

विहिबार उद्योग विभागद्धारा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए ।

चालू आव २०७९/ ०८० को बजेट वक्तव्यको बुँदा नं ६६ मा रु १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उल्लेख थियो । सोही अनुसार विभागले आगामी आर्थिक वर्ष २०७९ श्रावण १ गतेदेखि अनलाइन प्रणालीमार्फत विदेशी लगानी स्वीकृत गर्ने कार्य प्रारम्भ गरेको महानिर्देशक तिवारीले बताए ।

महानिर्देशक तिवारीले यो प्रणालीको विशेष आकर्षण रहेको बताए । उनले भने, ‘विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत् लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बद्ध निकायहरूलाई प्रणाली मार्फत् नै स्वचालित रुपमा हुने, लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृती लिईरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण हो ।’

Ram Chandra tiwari 1
महानिर्देशक रामचन्द्र तिवारी

महानिर्देशक तिवारीले भने, ‘हाललाई रु २ करोड देखि रु. १० करोड सम्मको परियोजना प्रस्ताव भएका तोकिएका उद्योगहरूमा यस प्रणाली मार्फत् विदेशी लगानी गर्न सकिने व्यवस्था गरिएको छ। नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दाकै बखतबाट कार्यान्वयनमा लैजाने गरी विभागले आन्तरिक तयारी पूरा गरेको छ। अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा पनि आफैंमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक हो। भारत, बङ्गलादेश लगायतका हाम्रा छिमेकी मुलुकहरुमा समेत यो प्रणाली लागू भईसकेको छ। नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि उद्योग विभागले प्रशासनिक प्रकृयालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको हो ।’

विभागले प्रशासनिक सुधार गर्न मानवीय संलग्नता विना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने व्यवस्था गर्ने जनाएको छ । यसका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने तयारी भइरहेको विभागले जनाएको छ । 

यस्तै विभागले विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्तरुपमा लगानी गर्न चाहेमा स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतबाट हुने जनाएको छ ।  विदेशी लगानी स्वीकृत भएर कम्पनी रजिस्टारमा दर्ता भएपछि मात्रै भिसा सिफारिस गरिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । ‘राजपत्रमा सूचना निकालेर यो प्रणाली जेठ १ देखि पूर्ण रुपमा लागू गर्ने तयारी छ’ उनले भने ।

विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्बद्ध निकायलाई प्रणालीमार्फत नै स्वचालित रुपमा हुने महानिर्देशक तिवारीको भनाई छ ।

उद्योग प्रशासनको सेवा प्रवाहमा ‘प्याराडाइम सिफ्ट’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७