एसीसी क्रिकेट : आज कतार र साउदी तथा कुवेत र बहराइनबीच खेल हुँदै


९ बैशाख २०८०, शनिबार
cricket tu scaled

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुवेत र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।

FuQcSVoaUAAIf8f 1536x1536 1

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७