भारतीय प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्की, केरलामा बढाइयो सुरक्षा सतर्कता


९ बैशाख २०८०, शनिबार
modi 1

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ । अप्रिल २४ मा प्रधानमन्त्री मोदीको कोची भ्रमणको क्रममा आत्मघाती आक्रमणको धम्की आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय जनता पार्टी भाजपा प्रदेश कार्यालयले मोदीको आसन्न भ्रमणलाई लिएर ज्यान मार्ने धम्की पत्र प्राप्त गरेसँगै केरेलामा उच्च सतर्कता अपनाइएको समाचार उल्लेख छ । प्रहरीले चिठ्ठीमा उल्लेख भएका व्यक्तिको पहिचान गरिसकेको छ । तर, उनले आफ्नो नाम विपक्षीहरूले फसाउन प्रयोग गरेको दाबी गर्दै उक्त कार्यमा आफ्नो कुनै पनि संलग्नता रहेको नरहेको बताएका छन् ।

मोदीको अप्रिल २४ मा कोची र २५ अप्रिलमा तिरुवनन्तपुरम राज्यको पहिलो वन्दे भारत एक्सप्रेस उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोही भ्रमणका क्रममा आत्मघाती बम हमला गरिने धम्की आएको हो । पत्रमा उल्लेख नामका व्यक्तिको प्रहरीले पहिचान गरिसकेको भए पनि उनले आफ्नो संलग्नता अस्वीकार गर्दै आफूलाई फसाउन प्रयोग गरिएको बयान दिएका छन् । पत्रपछि सुरक्षा सतर्कता बढाइएको छ र केन्द्रीय अनुसन्धान एजेन्सीहरुले थप अनुसन्धान गरिरहेका छन् ।

मोदीको भ्रमणका क्रममा तयार पारिएको सुरक्षा योजनासमेत सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । सुरक्षा योजनासहितको पत्र सार्वजनिक हुँदा सुरक्षामा असर गरेको हो । सोही ठाउँका नेतासमेत रहेका विदेशमन्त्री एम मुरलीधरले पत्र लिक भएकामा चिन्ता व्यक्त गरे । यसलाई प्रहरीका तर्फबाट गम्भीर त्रुटि भएको उनको टिप्पणी छ । तर भाजपाका राज्य प्रमुख के सुरेन्द्रले निर्धारित सबै कार्यक्रम हुने बताएका छन् । उनले प्रधानमन्त्री मोदीको कार्यक्रम विवरण दिँदै मोदीसहित भाजपाका शीर्ष नेता र्‍यालीमा सहभागी हुने र जनसभालाई सम्बोधन गर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७