एफए कप : महारेजको ह्याट्रिकमा सिटी फाइनलमा


१० बैशाख २०८०, आईतवार
fa

काठमाडौं । रियाद महारेजको ह्याट्रिकमा म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनल प्रवेश गरेको छ ।
शनिबार राति भएको पहिलो सेमिफाइनलमा सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो । घरेलु मैदानमा सिटीलाई जिताउन महारेजले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरे ।

४३ औं मिनेटमा महारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल महारेजले ६६ औं मिनेटमा ह्याट्रिक पूरा गरे । सिटीले उपाधिका लागि म्यानचेस्टर युनाइटेड र ब्राइटनबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७