पञ्जाबले मुम्बईलाई १३ रनले हरायो


१० बैशाख २०८०, आईतवार
Arshdeep Singh PBKS

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले मुम्बई इण्डियन्सलाई १३ रनले पराजित गरेको छ । गए राति भएको खेलमा पञ्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन बनायो ।

मुम्बईका सूर्यकुमार यादव र क्यामरुन ग्रीनले अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । ग्रीनले सर्वाधिक ६७ रन बनाए । सूर्यकुमार ५७ रनमा आउट भए । कप्तान रोहित शर्माले ४४ रन जोडे । पञ्जाबका अर्शदीप सिंहले ४ तथा लियम लिबिङ्स्टोन, नाथन एलिसले १-१ विकेट लिए । त्यसअघि वाङखडे मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

पञ्जाबका कप्तान साम करनले सर्वाधिक ५५ रन बनाए । हरप्रित सिंहले ४१ रन जोडे । मुम्बईका पियूष चावला र क्यामरुन ग्रीनले समान २-२ र जेसन बेहरानड्राफ्ट, जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करले समान १-१ विकेट लिए ।

सात खेलमा चार जितसहित पञ्जाब अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । छैटौँ खेलमा तेस्रो हार ब्यहोरेको मुम्बई अङ्क तालिकाको सातौँ स्थानमा छ । हिजो भएको पहिलो खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ७ रनले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७