निर्वाचन आयोगले सोध्यो गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण


१० बैशाख २०८०, आईतवार
KrishnaNeupane Damauli RSS 10 UmedwarGovindabhattaraiphoto

काठमाडौँ । मौन अवधिमा भोट मागेको भन्दै तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

गत ७ गते मध्यरातिदेखि नै मौनअवधि लागु भइसकेको अवस्थमा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । आयोगका अनुसार भट्टराईले मौनअवधिमा आफ्नो मोबाइल प्रयोग गरेर भ्वाइस म्यासेजमार्फत मत मागेका हुन् ।

g

‘वैशाख ७ गते राति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि लागु भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइलको भ्वाइस म्यासेजमार्फत मत माग्नु भएको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ? भनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न लगाउने भनि जिल्ला आचारसंहिता अनुगमन समितिबाट आइतवार निर्णय भएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय (जि.स.स.) दमौली तनहुँमा आफैं वा प्रतिनिधिमार्फत उपस्थित भइ स्पष्टीकरण पेस गर्नु हुन निर्णयानुसार अनुरोध छ’, आयोगका अनुगमन अधिकृतले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७