रवि समर्थकको नाराबाजीले चितवन मतदान केन्द्रमा तनाव

स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा लाठ्ठीचार्ज, सेना पनि पुग्यो


१० बैशाख २०८०, आईतवार
lathi

चितवन । चितवनको नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा केहिबेर मतदान प्रभावित भएको छ ।

matadankendra chitwan lKpD3JfDAg

मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछाने समर्थक कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए । दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठ्ठी प्रहार गरेको छ ।

प्रहरीले लाठीचार्ज गरेपछि मतदान केन्द्रमा केहीबेर भागाभागको अवस्था आयो । तनाव बढ्न नदिन अहिले त्यस मतदान केन्द्रबाहिर नेपाली सेनाको टोली पुगिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७