त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या, उडान–अवतरण बन्द


१० बैशाख २०८०, आईतवार
airport 2 scaled

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द भएको छ । सञ्चार उपकरणमा आएको समस्याका कारण उडान तथा अवतरण बन्द भएको विमानस्थलले जनाएको छ ।

उपकरणमा समस्या आएर उडान रोकिदा आन्तरिक तथा बाह्य उडान प्रभावित भएका छन् । टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको बताइएको छ । टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७