‘प्रचण्ड नेतृत्वको सरकार असफल भए माओवादी पनि सकिन्छ’

‘ढ्याउँ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्दैनन्’


१२ बैशाख २०८०, मंगलवार
Prachanda gorkha chum 3 scaled

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार असफल भए माओवादी पनि सकिने बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारको कार्यसम्पादन जुन उचाईबाट हुनुपर्ने हो त्यो नभएको उनको टिप्पणी छ ।

‘आदरणीय पार्टी अध्यक्ष–प्रधानमन्त्रिको ध्यानकर्षण होस् ! सरकार असफल हँदा माओवादी पनि सकिन्छ, जुन उचाईबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन ।’ फेसबुकमार्फत उनले भनेका छन्, ‘यतिबेला मात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ ।’

ढ्याउँ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्न नसक्ने उनको बुझाई छ । अब बोल्न सुरू गर्नुपर्ने बताउँदै वाईसीएलका पूर्व अध्यक्ष सापकोटाले नबोल्दा र आफ्नै हुन् भनि सहँदा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भएको टिप्पणी गरे । ‘अब बोल्न सुरू गर्नुपर्छ । नबोल्दा र आफ्नै हुन् भनि सहँदा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भयो । बढी भए अर्थ न बर्थको जिम्मेवारीबाट मुक्त होइन्छ । अरू कै नै जान्छ र ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७