रास्वपा सांसदको प्रश्न : रविको पद गएसँगै कोइरीलाई पक्राउ गर्ने विषय किन हरायो ?


१२ बैशाख २०८०, मंगलवार
Nisha Dangi2023 04 02 02 01 35

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले हत्या आरोपित एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएकी छिन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा उनले रवि लामिछाने गृहमन्त्री हुँदा बारम्बार प्रश्न उठाइएका कोइरीको विषय अहिले एकाएक हराएको बताइन् ।

संविधानको धारा ८९ (घ) अनुसार सदनलाई जानकारी नदिई १० भन्दा बढी बैठकमा अनुपस्थित रहे उक्त व्यक्तिको सांसद पद रिक्त हुने व्यवस्था रहेको उल्लेख गर्दै उनले कोइरीले अनुपस्थितिकोबारेमा सदनलाई जानकारी गराएको वा नगराएको विषयबारे स्पष्ट पार्न सभामुखसँग माग गरिन् ।

‘रवि लामिछाने गृहमन्त्री हुँदा लक्ष्मी महतोका बारेमा बारम्बार प्रश्नहरू उठे । त्यसपछि यो विषय एकाएक हरायो । हत्या आरोपका अभियुक्त लक्ष्मी महतो अहिले कता छन् ? उनलाई पक्राउ किन नगरिएको भनी सभामुखमार्फत गृहमन्त्री ज्यूलाई प्रश्न सोध्न चाहन्छु,’ सांसद डाँगीले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७