सहपाठीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने १३ छात्रामाथि ज्यान मुद्दा


१३ बैशाख २०८०, बुधबार
balika arrest

विराटनगर । सहपाठीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका–३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन एक छात्रामाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले सोही विद्यालयमा पढ्ने वर्ष १४ की बालिकालाई स्कुलमा कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको पाइएकाले उनीहरू पक्राउ परेका हुन् ।

सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरूले सङ्गठितरूपमा कुटपिट गरी भिडिओ समेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको दाहालले जानकारी दिए । घटनामा संलग्न सम्पूर्ण १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको हो ।

सामूहिक घटना भएकाले यस बारेमा गम्भीररूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्कुले बालिकाहरू जोडिएको घटना भएकाले यो घटनालाई बाल संवेदनशीलताको आधारमा पनि अनुसन्धान भइरहेको जनाइएको छ । सामूहिक घटना भएकोले यस बारेमा गम्भीर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते बालिकाको विर्तामोङ बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७