कोशी प्रदेशमा ‘प्रचण्ड पथ’ लागू हुन दिँदैनौं : योगेश भट्टराई


१५ बैशाख २०८०, शुक्रबार
yogesh bhattarai
फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्ड पथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन् ।

आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले कोशी प्रदेश नामाकरणको विरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भए पनि नेकपा (माओवादी केन्द्र) का संगठनहरुले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको बताए ।

उनले अहिले एउटा राजनीतिक दल नेकपा एमाले लक्षित गरी आक्रमण भइरहेको बताए । सचिव भट्टराईले प्रधानमन्त्री दाहालले कोशी प्रदेश नाममाकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७