कुवेतविरुद्ध नेपालको उत्कृष्ट शुरुवात


१६ बैशाख २०८०, शनिबार
cricket 1

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध उत्कृष्ट शुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० रन कटाएको छ । ओपनरद्वय आशिफ शेख र कुशल भूर्तेलको जोडीले ताजा अवस्थामा सातौ ओभरको अन्त्यमा ५६ रन बनाएर खेलिरहेका छन् ।

भूर्तेलले ६ चौका र एक छक्कासहित ३७ रन बनाएका छन् भने शेखले १ चौका र दुई छक्कासहित गरी २१ रन प्रहार गरेका छन् । टस जितेर कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाललाई ब्याटिङको निम्ता पाएको थियो । आज (शनिबार) को खेलमा नेपालका गुलशन झालाई बेञ्चमा राखेर करण केसीलाई मैदानमा उतारिएको छ ।

खेल त्रिवि क्रिकेट मैदानमा भइरहेको छ । घरेलु टोली नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा भेट भएका हुन् । नेपाल अपराजित छ भने कुवेतले पहिलो खेल युएईसँग १४३ रन फराकिलो अन्तरले हारेको थियो ।
नेपाली टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७