कुवेतविरुद्ध नेपालले दियो २८२ रनको लक्ष्य


१६ बैशाख २०८०, शनिबार
nepal vs kuwait2023 04 29 02 33 37

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनायो ।

नेपालले २३.२ ओभरमा तीन विकेट गुमाएर १४१ रन बनाउदा वर्षा भएपछि खेल करिब दुई घण्टा रोकिएको थियो । त्यसपछि पुनः सुरु भएको खेल ४२ ओभरमा घटाइएको हो । कप्तान रोहितले ९४ रन बनाए । रोहितले ९५ बलमा सात चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्कासहित ५७ रन बनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७