करण केसी एक्लैले लिए पाँच विकेट, दबावमा कुवेत


१६ बैशाख २०८०, शनिबार
karan

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइलन खेलमा नेपालका बलर करण केसीले महत्वपूर्ण पाँच विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदान कीतिपुरमा जारी प्रतिस्पर्धामा अहिले नेपालले बलिङ गरिरहेको छ । बलिङका क्रममा केसीले महत्वपूर्ण पाँच र सोमपाल कामीले एक विकेट लिएका हुन् । केसीले कुवेतका व्याट्सम्यानहरू मोहम्मद अस्लाम, शिराज खान, रविजा सन्दरुवान, मीट भाव्सार र अदनन इद्रिस लाई आउटे गरे भने कामीले प्रविन्दर कुमारलाई आउट गरेका छन् ।

नेपालद्वारा २८२ रनको विजयी लक्ष्य पाएको कुवेतले अहिलेसम्म निर्धारित ४२ ओभरमध्ये ८.३ ओभर खेलेको छ भने ६ वटा महत्वपूर्ण विकेट गुमाइसकेको छ । जितका लागि कुवेतलाई ३३.३ ओभरमा २४४ रन आवश्यक छ । अहिले वर्षाका कारण खेल स्थगित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७