वीर अस्पतालकी नर्स डाक्टरको घरमा मृत फेला


१७ बैशाख २०८०, आईतवार
anumaa

काठमाडौं । काठमाडौंस्थित बोहोराटारको एक घरमा युवतीले आत्महत्या गरेकी छिन् । एक अस्पतालमा कार्यरत नसै ३४ वर्षीया अनुमा श्रेष्ठले डाक्टर सुजन ढकालको बोहोराटारस्थित घरमै पुगेर आत्महत्या गरेका हुन् । प्रहरीकाअनुसार उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । तर, डाक्टर सुजनको परिवारले अनुमालाई अस्वीकार गरेपछि घरमै गएर आत्महत्या गरेकी हुन् ।

प्रहरी वृत्त बालाजुका अनुसार अनुमाले शनिवार अपराह्न ३ः५२ बजे सुजनको घरमा पुगेर आत्महत्या गरेकी हुन् । अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ । स्टाफ नर्स अनुमा वीर अस्पतालमा कार्यरत थिइन् भने डाक्टर सुजन कान्ति बाल अस्पतालमा कार्यरत छन् । सोह्रखुट्टेमा कोठा लिएर बसेकी अनुमा बेला बेलामा सुजनको घरमै गएर बस्ने गरेकोसमेत खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अनुमाले लेखेको डायरीसमेत बरामद गरेको छ । जसमा उनले आफ्नो प्रेम सम्बन्धकाबारेमा लेखेकी छिन् । अनुमाको परिवारले सुजनसहित उनको परिवारविरूद्व आत्महत्या दुरूत्साहन आरोपमा जाहेरी दिने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७