टोटेनहमको पोस्टमा लिभरपुलको सात गोल


१८ बैशाख २०८०, सोमबार
liverpool

काठमाडौं । लिभरपुलले सात गोलको रोमाञ्चक खेलमा आइतबार टोटेनहमलाई ४–३ ले हराएको छ र योसँगै इङलिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिन सफल रह्यो । लिभरपुलले एक समय तीन गोलको अग्रता लिए पनि टोटनहमले तीन गोल फर्काएको थियो ।

खेलको दोस्रो हाफ इन्ज्युरी समयको चौथो मिनेटमा डिएगो जोटाले निर्णायक गोल गरे । यो जितपछि लिभरपुलको ५६ अंक भयो । टोटनहम भने ५४ अंकमा लिभरपुलको ठीक पछाडि छ ।

आइतबारका अन्य खेलमा न्युकासल युनाइटेडले साउथह्याम्पटनलाई ३–१ र म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई १–० ले हरायो । यस्तै, म्यानचेस्टर सिटीले फुलहमलाई २–१ ले हराएर अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७