क्रिकेटका विजेता खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय


२० बैशाख २०८०, बुधबार
NP KTM 2M4A4851 scaled

काठमाडौं । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेले एसीसी क्रिकेट प्रतियोगितामा विजयी खेलाडी र प्रमुख प्रशिक्षकलाई जनही ६ लाख र अन्य अफिसियल टिमलाई ३ लाख रुपैयाँ दिने निर्णय भएको बताइन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए ।

मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो । साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ ।मंगलबार कीर्तिपुरमा भएको अन्तिम खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७