शेयर बजार ९ अंकले घट्यो, कारोबार ६२ करोडमा खुम्चियो


२० बैशाख २०८०, बुधबार
share market 1

काठमाडौँ । आज (बुधबार) सेयर कारोबार रकम ६२ करोड २ लाख रुपैयाँमा खुम्चिएको छ । यो अघिल्लो दिनको तुलनामा ७ करोड कम हो । कारोबार रकम मात्रै नभई परिसूचक नेप्से ९.१८ अंक घटेर १८५७ अंकमा कायम भएको छ ।

५१ कम्पनीको मूल्य बढ्दा १५६ कम्पनीको घट्यो भने १२ को स्थिर रहृयो । बैंकिङ १.९, विकास बैंक ८, फाइनान्स १२.२, होटल तथा पर्यटन ५२, जलविद्युत् २९, जीवन बीमा ५९, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा १४, अन्य १४ र व्यापार उपसमूह ३ अंक घटे ।

आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ र स्वेतगंगा हाइड्रोको ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, हिमाल दोलखा हाइड्रो, कुमारी बैंक र नबिल बैंक क्रमशः अगाडि रहे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७