सत्ता गठबन्धन दलको बैठक शुरु


२० बैशाख २०८०, बुधबार
Gathabandhan dal 1 scaled
फाइल फोटो

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको उपस्थिति छ । बैठकमा सरकार विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची छ । वैठकमा समसामयिक राजनीतिकलगायतका विषयमा पनि छलफल हुनेछ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने जनाइएको छ ।

Gathabandhan dal 2

सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेका छन् । पूर्व सहमतिअनुसार गृहमन्त्रालय पाएमा सरकारमा जाने रास्वपाले जनाएको छ । सो विषयमा टुंगो लगाउन रास्वपाले शुक्रबार पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाएको छ । सत्ता गठबन्धन दलमा विवादका कारण प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकलाई पूर्णता दिन सकेका छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७