दुर्घटनामा परेको सिम्रिकको हेलिकोप्टरबाट हामफालेका दुई जना सकुशल

क्याप्टेन सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते


२२ बैशाख २०८०, शुक्रबार
helicopter accident today

संखुवासभा । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना पर्नु अगाडि नै त्यसमा सवार दुई जना हाम फालेको खुलेको छ । संखुवासभाको भोटेखोला–४ मा शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भएको दुर्घटनाअघि हाम फालेका दुई जना सकुशल भेटिएका छन् ।

दुर्घटना पर्नै लाग्दा हामफालेर पनि सकुशल रहनेमा संखुवासभाकै चेपुवाका छिरिङ भोटे र सिम्रिक एयरकै एक कर्मचारी छन् । तर, ती कर्मचारीको नाम अझै खुलेको छैन । भोटेखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तमाङले हाम फालेका दुवै जनालाई कुनै चोट पटक नरहेको जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते भएका छन् । छिरिङ भोटे सोही गाउँपालिकाका स्थानीय रहेको पनि वडाध्यक्ष तामाङले बताए । प्रहरीले भने गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको जनाएको छ । क्याप्टेन पौडेलको टाउकोमा चोट लागेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७