यसरी काठमाडौं ल्याइयो संखुवासभा हेलिकोप्टर दुर्घटनाका घाइते {तस्वीरहरु}


२२ बैशाख २०८०, शुक्रबार
heli accident 2 1

काठमाडौं । संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका चारै जनालाई सिम्रिककै अर्को हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएपछि तुम्लिङटार विमानस्थल लगिएको थियो । तुम्लिङटारबट शव पोस्टमार्टमका लागि खाँदबारी अस्पताल लगिएको छ । अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा उक्त हेलिकोप्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । हेलिकोप्टरबाट हामफालेर बाँचेका विक्रम शंकर भने सामान्य घाइते छन् ।

उनको खाँदबारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।

heli accident 1
heli accident 1 1
heli accident 2 1
heli accident 3 1
heli accident 4 1
heli accident 5
heli accident 6
heli accident 7
heli accident 8
heli accident 9
heli accident 10
heli accident 11
heli accident 4
heli accident 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७