सलाहको निर्णायक गोलमा युनाइटेडमाथि लिभरपुलको दबाब


२४ बैशाख २०८०, आईतवार
thumb 2

काठमाडौं । मोहमद सलाहको निर्णायक गोलमा लिभरपुलले इङलिस प्रिमियर लिगमा शनिबार ब्रेन्टफोर्डलाई १–० ले हराउँदै शीर्ष चारका लागि म्यानचेस्टर युनाइटेडमाथि चर्को दबाब सिर्जना गरेको छ । इजिप्टको सलाहले १३ औं मिनेटमा गोल गरे ।

एनफिल्डमा उनको यो सयौं गोल रह्यो । लिभरपुल आफैं पनि लयमा रह्यो र लगातार छैटौं लिग जित निकाल्यो । यो जितपछि लिभरपुलको ६२ अंक भएको छ र पाँचौंमा छ । चौथोमा रहेको युनाइटेडको ६३ अंक छ र उसले दुई खेल कम खेलेको छ ।

शनिबारका अन्य खलमा चेल्सीले बर्नमाउथलाई ३–१, म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई २–१, टोटनहमले क्रिस्टल प्यालेसलाई १–० तथा उल्भ्सले एस्टन भिल्लालाई १–० ले पराजित गर्‍यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७