गोकुल बास्कोटाको प्रश्न : ‘प्रचण्डपथ’ अब ‘महतपथ’ मा विलय भएको हो ?


२५ बैशाख २०८०, सोमबार
gokul baskota in parliament

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले माओवादीले समाजवाद छोडेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा बैठकमा भइरहेको आगामी आर्थिक वर्षको पूर्व बजेट छलफलमा भाग लिदै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको वर्तमान सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समाजवाद छुट्नु संयोग हो कि प्रचण्ड पथ महतपथमा विलय भएको हो भनेर प्रश्न गरेका हुन् ।

निजी क्षेत्रलाई प्रोत्साहित गरेको भए पनि तीन खम्बे अर्थनीसतिको महत्वपूर्ण खम्बा सहकारीको भूमिका र अहिले देखिएको समस्या समाधानबारे केही उल्लेख नभएको भन्दै उनले ‘प्रचण्डपथ’ अब ‘महत पथ’ मा विलय भएको टिप्पणी गरेका हुन् ।

‘विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकताहरूमा समाजवाद भन्ने शब्द कतै छैन । त्यसैले यो पोलिसी डिपार्चर गर्न सकेकोमा कांग्रेसलाई बधाई छ ! कमसेकम माओवादीले समाजवाद छोडेको कुरा यसमा देखिएको छ,’ सांसद बास्कोटाले भने ।

समाजवाद छोडेको प्रमाण पेस गरेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई समेत दिएका छन् । ‘प्रचण्डपथ महतपथमा विलय भएको मैले पाएको छु । त्यसका लागि हो मैले बधाई भनेको,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७