प्रदेश खारेज नगरेसम्म अर्थतन्त्र ठिक ठाउँमा आउँदैन : राजेन्द्र लिङदेन

‘अर्थमन्त्री ज्यू यही आर्थिक नीतिले संकट सामना गर्न सकिन्छ ?’


२६ बैशाख २०८०, मंगलवार
rajendra lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश खारेज नगरेसम्म देशको अर्थतन्त्र ठिक ठाउँमा नआउने दावी गरेका छन् ।

आज (मंगलबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी रहेको बताएका छन् । उनले राजस्वले चालु खर्च पनि धान्न नसकिरहेको बताए । प्राथमिकतामा सबै विषयलाई छुन खोजिएको र विगतको भन्दा फरक नरहेको उनको भनाइ छ ।

उनले अर्थमन्त्री डा. प्रकाशरण महतलाई यही आर्थिक नीतिले संकटको सामना गर्न सकिन्छ ? भन्दै प्रश्न गरेका छन् । ‘अर्थमन्त्री ज्यू, छातीमा हात राखेर भन्नुस् त–यही सिद्धान्त र प्राथमिकताले, यही आर्थिक नीतिले अहिलेको आर्थिक संकटलाई सामना गर्न सकिन्छ ?’, लिङदेनले प्रश्न गरे ।

उनले सिद्धान्त र प्राथमिकतामा फितलो भएको बताए । आफूहरू देश बनाउने विषयमा सहयोग गर्न तयार रहेको उनले उल्लेख गरे । ‘यस्तो संकटका बेला अर्थतन्त्र कसरी चलायमान बनाउने ? कसरी आशा जगाउने ?’, लिङदेनले सोधे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७