चेन्नईले दिल्लीलाई २७ रनले हरायो


२८ बैशाख २०८०, बिहीबार
CSK VS DC 1024x683 1

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ । चेन्नईले जितका लागि दिएको १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रन मात्रै बनाउन सक्यो । उसका रिली रोसोले सर्वाधिक ३५ रन जोडे । मनिष पान्डे २७ र अक्षर पटेल २१ रनमा आउट भए ।

दिल्लीका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चेन्नईका मथिशा पथिरानाले ३ तथा दीपक चहरले २ विकेट लिए । त्यसअघि घरेलु मैदान चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो ।

चेन्नईका शिवम दुवेले २५, रितुराज गायक्वाडले २४, अम्बाती राइडुले २३, अजिङ्क्या रहाणे र रविन्द्र जडेजाले समान २१ तथा कप्तान महेन्द्र सिंह धोनीले २० रन जोडे । दिल्लीका मिचेल मार्सले ३ तथा अक्षर पटेलले २ विकेट लिए । जितसँगै १२ खेलमा १५ अङ्क जोडेको चेन्नई अङ्कतालिकाको दोस्रो स्थानमा छ । दिल्ली ११ खेलमा ८ अङ्कका साथ तालिकाको पुछारमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७