भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै कैदीको पोसाकमा नेविसंघको प्रदर्शन

खाँणलाई निलम्बन गर्न देउवालाई दबाब


३१ बैशाख २०८०, आईतवार
nebi

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघले दबाब सुरु गरेको छ ।

पार्टी पदाधिकारीले पूर्व गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्यलाई निलम्बनका लागि दबाब दिँदा ‘पक्राउ पर्दैमा अपराधी भन्न नमिल्ने’ जवाफ दिएका देउवामाथि भातृ संगठनले दबाब सुरु गरेको हो ।

आइतबार नेविसंघ त्रिचन्द्र क्याम्पस एकाइले कैदीको पोसाकमा सडकमै प्रदर्शन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविनका लागि सबै तह र तप्काबाट सहयोग गर्नुपर्ने धारणा राखेको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको करोडौँ ठगी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय समिति सदस्य बालकृष्ण खाणविरुद्ध नै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

नेविसंघ त्रिचन्द्रले सभापति देउवालाई तत्काल खाँणलाई पार्टीबाट निलम्बन गरी अनुसन्धानमा सहयोगका लागि पनि आग्रह गरेको हो । प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले भ्रष्टाचार विरोधी प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७