संसदमा ‘टिसर्ट र जिन्स’ लगाउन रोक्नु नयाँपुस्तामाथिको रणनीतिक हमला : सांसद श्रेष्ठ


१ जेष्ठ २०८०, सोमबार
sumana shrestha

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले संदनमा आफूले लगाउने पोसाकको विषयमा भएका बहसको विषयमा संसदमा धारणा राखेकी छन् । आज (सोमबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पोसाकको विषयमा भएको बहस आफूहरूमाथि रणनीतिक हमला भएको जिकिर गरिन् । उनले बहस गर्नेहरूको प्राथामिकता के हो भन्दै प्रश्न गरिन् ।

‘हरेक सामाजिक परिवर्तनको सुरुआत सत्तामा रहेका शासकहरूले परिवर्तनको मशाल बोक्नेहरूलाई दबाएरै सुरु हुन्छ । त्यसपछि व्यक्तिगत आक्रमणहरू, नानाथरी नाम बोलाउने र धेरै देखावटी प्रगतिशील उदारवादी शब्दहरू प्रयोग गरेर समाजलाई विचलित गर्ने । तर बच्चा भनेर लेबल लगाइएका र टी–सर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएका सबै’, उनले भनिन्, ‘हाम्रा परिवर्तनका वाहकहरूलाई आश्वासन दिन चाहन्छु– हामी सही बाटोमा छौँ । चकडीवादबाट टाढिएर, पहिरनको मर्यादाबाट निस्किएर कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर, राजनीतिक प्रवचनमा समेत जवाफदेहिताको कठिन प्रश्न सोधेर अगाडि बढेको नयाँ पुस्तामाथि यो रणनीतिक हमला हो ।’

उनले थपिन्, ‘हामीलाई हामी जस्तो देखिने, हामी जस्तै सोच्ने, झुटा नैतिकताका ठूला–ठूला भाषणहरूबाट थाकेका मानिसहरूको आवश्यकता छ । परिवर्तनको यो आन्दोलन, भ्रष्टाचारलाई जरैदेखि उखेल्ने आन्दोलन, नेपालको भविष्य हेर्न चाहनेहरूविरुद्धको यो आन्दोलनमा सामेल हुन जरुरी छ । तपाईँका प्राथमिकताहरू के हुन् ? भ्रष्टाचार काण्डको यो निर्णायक समयमा यो विचलित गर्ने रणनीति किन प्रयोग गरिएको छ ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७