हाम्रै साथीहरू सत्तामा गएर भ्रष्टीकरण हुनुभयो : डा. भट्टराई


१ जेष्ठ २०८०, सोमबार
baburam bhattarai
फाइल फोटो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले क्रान्तिकारीहरू पनि सत्तामा पुगेर भ्रष्टीकरण बनेको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा भट्टराईले सत्ताको चास्नीले भ्रष्टीकरण भइने भन्दै भ्रष्टीकरणबाट बच्न जरुरी रहेको बताए । डा.भट्टराईले भने, ‘हाम्रै साथीहरू सत्तामा गएर भ्रष्टीकरणमा लाग्नु भएको छ । तिनको प्रतिरक्षामा लाग्यौ भने जनताले नकार्नेछन् । उहाँको पक्षमा लाग्नु हुँदैन ।’

अहिले युवाहरूमा चरम असन्तुष्टि रहेको बताए । भट्टराईले थपे, ‘हिजोका क्रान्तिकारी शक्तिले समयानुकूल रुपान्तरण हुन सकेनौं । सत्ताको चास्नीले भ्रष्टीकरण भइन्छ । भ्रष्टीकरणबाट बच्न जरुरी छ । हामीले अहिलेको एजेण्डा र जनताको चाहना बुझ्नुपर्छ । जनतामा निराशा छ । अग्रगामी प्रगतिशील सोंच राख्नेहरूले समयमा विकल्प दिनुपर्छ । जनतामा सुशासन र समृद्धिको चाहना छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७